Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कोरोना बिमाको दावी भुक्तानी ३ दिनभित्रै दिन अर्थ मन्त्रालयको निर्देशन

    कोरोना बिमाको दावी भुक्तानी ३ दिनभित्रै दिन अर्थ मन्त्रालयको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, १८ मंसिर २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाको दावी भुक्तानी तीन दिनभित्र दिन बीमा समितिलाई निर्देशन दिएको छ।

    कोरोना बिमा रकम ७ दिनभित्रै भुक्तानी दिनू भन्ने यसअघिकाे निर्देशन कार्यान्वयन नभएपछि अर्थ मन्त्रालयले पुनः ताकेता गर्दै निर्देशन दिएकाे हाे ।



    अर्थमन्त्रालयले यस अघिको निर्देशन कार्यान्वयन नभएको भन्दै बिमा कम्पनीहरुको नियमनकारी निकाय बिमा समितिलाई ३ दिनभित्रै कोरोना बिमाको रकम भुक्तानी गरी सो जानकारी मन्त्रालयमा पठाउन निर्देशन दिएको हो ।



    हाल कुन-कुन बिमा कम्पनीमा कति संख्यामा दाबी परेको छ सोको विवरण समेत पठाउन भन्दै अर्थ मन्त्रालयले समस्या समाधानका लागि समितिबाट के कति प्रयास भइरहेको छ र मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के-के हुन् भन्दै त्यसको विस्तृत विवरण पठाउन समेत भनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार