Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सांसद श्रेष्ठको प्रश्न – कागती बेचेर पौडेलले कसरी बोहोराटार र लण्डनमा महल ठड्याए ?

    सांसद श्रेष्ठको प्रश्न – कागती बेचेर पौडेलले कसरी बोहोराटार र लण्डनमा महल ठड्याए ?

    अनलाइन नेपाल
  • बिहिबार, १८ मंसिर २०७७
  • 6.6K
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद किसान श्रेष्ठले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र युवा नेता प्रदिप पौडेल दलाल र विचौलिया भएको प्रतिक्रिया दिएका छन् ।

    तनहुँको व्यासस्थित बुल्दी खोला पक्की पुल उद्घाटन कार्यक्रममा बोल्दै प्रदिप पौडेलले सांसद भएपनि किसान श्रेष्ठ बिचौलिया ठेकेदार भएको आरोप लगाएकोप्रति आक्रोशित हुँदै सांसद श्रेष्ठले उल्टै रामचन्द्र र प्रदिपमाथि दलाल र विचौलियाको आरोप लगाएका हुन् ।



    आफूसँग ७ हजार मतले पराजित भएका नेता रामचन्द्र पौडेलले प्रदिप मार्फत चरित्र हत्या गर्न खोजेर हारेको कुण्ठा पोखेको समेत उनले आरोप लगाए ।



    अनलाईन नेपालसँग कुरा गर्दै नेता श्रेष्ठले भने–‘म कसरी विचौलिया ठेकेदार भए ? मलाई पार्टीले विश्वास गरेर टिकट दिएको हो र जनताले विश्वास गरेर सांसद बनाएका हुन् । आफूले चुनाव जित्न नसकेपछि अहिले दोस्रो व्यक्ति मार्फत म माथि खनिन मिल्छ ?’

    ‘म पौडेलद्वयलाई नै चुनौति दिन चाहन्छु । हामी त हजुरबुबाको पालादेखि नै व्यापारी हौं । ब्यापार गर्दा गर्दै म जनताको सेवा गर्न तनहुँ गएको हुँ । कुनै बेला कागती बेचेर बस भाडा तिर्ने रामचन्द्र पौडेलको अहिले स्वदेश र विदेश (लण्डन)मा कसरी घर हुन्छ ? प्रदिप पौडेल आफै दलाल र विचौलिया हुन्, नभए काठमाडौंमा घर र गाडी चढ्ने उहाँको हैसियत कसरी भयो ?’ श्रेष्ठले आक्रोशित हुँदै प्रश्न गरे ।

    पुल उद्घाटन विवादको प्रकरणमा बोल्दै नेता श्रेष्ठले भने–‘संघीय सरकारले बनाएको पुल उपभोक्ता समितिले उद्घाटन गर्न मिल्छ ? अनि त्यहाँ रामचन्द्र पौडेल जाने ? कि उहाँलाई कानुनका कुरा थाहा छैन ?’

    रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न मन भए आफूसँग सम्पर्क गर्न आग्रह गर्दै नेता श्रेष्ठले भने–‘रामचन्द्रले पुल शिलान्यास र पुल उद्घाटन गर्न रहर छ भन्नु भयो भने म दिनको दुईवटा पुलको शिलान्यास गराइदिन्छु । तर, कानुन विपरित गएर काम गर्ने अनि अहिले म माथि नै खनिने ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार