Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • गृहमन्त्री बादलको राजीनामा माग

    गृहमन्त्री बादलको राजीनामा माग

    अनलाइन नेपाल
  • बिहिबार, १८ मंसिर २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल महिला संघले गृहमन्त्री रामबहादुर थापा(बादल)को राजीनामा मागेको छ ।

    बुधबार तनहुँमा पुल उद्घाटन गर्न गएका नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बदनियत राखेर प्रहरीले गिरफ्तार गरेको भन्दै संघले गृहमन्त्रीको राजीनामा मागेकाे हाे ।



    ‘दोषी उपर कडा कारबाहीको माग गर्दै गृहमन्त्रीको राजीनाको समेत माग गर्दछ’ महिला संघकी अध्यक्ष उमा रेग्मीद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।



    सरकारले लोकतन्त्रको खोल ओढेर बर्बर तानाशाही प्रवृत्तिको आक्रमण गरेको संघको ठहर छ । दमौलीस्थित बुल्दीखोला उदघाटन गर्न गएका वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा राखेर तीन घण्टापछि छोडेको थियो ।

    नेता पौडेलले बुधबार उद्घाटन गर्न नपाएको तनहुँ ब्यास नगरपालिकाको बुल्दीखोलाको पुल बिहीबार उद्घाटन गरेका छन् । पौडेल बिहीबार कांग्रेसका सयौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार