Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला ट्राफिक प्रहरीको बर्दी च्यात्ने बोर्डिङ स्कुलका सञ्चालक पक्राउ

काठमाडौं । रुपन्देहीमा महिला ट्राफिक प्रहरीको बर्दी च्यात्ने बोर्डिङ स्कुलका सञ्चालक पक्राउा परेका छन्। सिद्धार्थ नगरपालिका -१ को सनसाइन बोर्डिङ स्कुलका सञ्चालक झापा स्थायी घर भएका श्याम पाठकलाई प्रहरीले पक्राउ गरेको हो।

रोहिणी गाउँपालिकास्थित नेपाल-भारत सीमामा चार दिनअघि पाठकले महिला प्रहरीलाई दुर्व्यवहार गरेको प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए। उनका अनुसार मादक पदार्थ सेवन गरी महिला ट्राफिक प्रहरीलाई हातपात गरेको, ट्राफिक जरिवानाको रसिद च्यातेको र प्रहरीको बर्दी च्यातेको पाइएपछि पाठकलाई हिरासतमा लिएर कारबाही थालिएको छ।

पाठकले प्रहरीको चेक प्वाइन्टमा आएर ट्राफिक प्रहरीको ठेली खोसेर ‘कति जरिवाना काटेउ’ भनेका थिए। त्यसक्रममा महिला प्रहरीले प्रतिवाद गर्दा ठेली र प्रहरीको बर्दी च्यातिएको पोखरेलले बताए।

पाठकले आफूलाई कहिले प्रधानमन्त्री, कहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मान्छे भन्दै हिँड्ने गरेको प्रहरीले जनाएको छ। पाठकले केही सरकारी वकिललाई समेत फसाएको बताउने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077