Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कांग्रेस वरिष्ठ नेता पौडेल भन्छन्, ‘पुलिसको डण्डाले पेलिएका मेरा करङ हिजोभन्दा आज दुख्दैछ’

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुलिसको डण्डाबाट पेलिएको आफ्नो शरीर बुधबार दिउँसोभन्दा साँझ दुखाइ बढ्दै गएको बताएका छन् ।

‘पुलिसको डण्डाबाट पेलिएका मेरा करङ दिउँसोभन्दा साँझ दुखेर आयो,’ पौडेलले फेसबुकमा लेखेका छन्, ‘हिजोभन्दा आज दुखाइ बढी छ ।’

सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिसको पेलानबाट छुटकारा नमिलेको पौडेलले बताए । ‘सात दशकको अथक प्रयासबाट प्राप्त गणतन्त्रमा पनि पुलिस पेलानबाट छुटकारा मिल्न सकेको छैन,’ उनले भने, ‘असली लोकतन्त्र कहिले साकार हुने हो ? मेरो चिन्ता यसैमा छ ।’

बुधबार पौडेललाई गृह जिल्ला तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने बुल्दी खोलामाथिको पुल बुधबार उद्घाटन गर्न जाँदा निषेधाज्ञा उल्लंघन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077