Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मंसिर २२ गते लगनगाँठो कस्दै अभिनेत्री स्वेता

    मंसिर २२ गते लगनगाँठो कस्दै अभिनेत्री स्वेता

    अनलाइन नेपाल
  • बिहिबार, १८ मंसिर २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् ।

    श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ । जसले उनले रावतसँग बिवाह गर्न लागेको समेत पुष्टि गर्दछ ।



    उनले यहि मंसिर २२ अर्थात ७ डिसेम्बरमा बिवाह गर्न लागेकी हुन् । विवाहको निम्तो कार्डमा उनको बैवाहिक समारोह गोकर्ण फरेष्ट रिसोर्ट हुने लेखिएको छ ।



    हुन त स्वेता र विजयेन्द्रको विवाहको बिषयमा केही महिनायता मिडियामा बिभिन्न समाचार छाउने गरेको थियो । तर, अभिनेत्री श्वेताले भने उक्त समचारमा खन्डन गर्दै आएकी थिइन् ।

    यस अगाडि उनको बिवाह गत ५ मंसिरमा हुने हल्ला चलेको थियो । त्यतिबेला पनि उनले बिहे गर्ने खबर झुट भएको बताएकी थिइन् ।

    फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यु गरेकी स्वेताले यस अगाडि स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्णको निधन पछि पनि उनी अभिनय समाजसेवामा सक्रिय उनले केही अगाडि ‘कान्छी’ समेत फिल्म निर्माण गरेकी थिइन् ।

    स्वेता र विजयेन्द्रको बिषयमा मिडियामा पहिलो खबर त्यतिबेला बाहिर आएको थियो । जतिबेला उनले विजेन्द्रको आमालाई शुभकामना दिएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार