Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • ओली सरकार संघीयता समाप्त पार्ने खेलमा लाग्याे : उपेन्द्र यादव

    ओली सरकार संघीयता समाप्त पार्ने खेलमा लाग्याे : उपेन्द्र यादव

    हारिसकेका शक्तिसँग मोर्चाबन्दी गरेकाे आरोप

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 2.4K
    SHARES

    फाइल फोटो

    जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकार संघीयता समाप्त पार्ने खेलमा लागेकाे आरोप लगाएका छन् ।

    बुधबार महोत्तरीमा भएकाे एक कार्यक्रममा अध्यक्ष यादवले ओली नेतृत्वको सरकारले विभिन्न शक्तिसँग मोर्चाबन्दी गरेर संघीयता समाप्त पार्ने खेलमा लागेकाे जिकिर गरेका हुन् ।



    ‘संघीयता समाप्त पार्न संघीय सरकारले विगतमा हारिसकेका शक्तिसँग मोर्चाबन्दी गरिरहेको छ’ उनले भने, “तर यो सपना नदेख्न आग्रह गर्छु ।”



    अध्यक्ष यादवले संघीयतालाई असफल पार्न सत्तारुढ दलले सशस्त्र विद्रोह, जनआन्दोलन र मधेश विद्रोहबाट हारिसकेका शक्तिसंग मोर्चाबन्दी गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार