Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काेराेनाबाट थप ९ जनाकाे मृत्यु

    काेराेनाबाट थप ९ जनाकाे मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 2.2K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ३८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। य



    एकै दिन १ हजार ४ सय ९० जना भेटिएसँगै संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ।



    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ५६७ जना संक्रमणमुक्त भएका छन्। योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख १८ हजार १ सय ६१ पुगेको छ।

    आज देशभर १६ हजार ५ सय ४७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ८ हजार ३ सय जनाको पिसिआर परीक्षण भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार