Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • नेकपाको बैठक सर्यो, ओलीको पद २० गतेसम्म सुरक्षित

    नेकपाको बैठक सर्यो, ओलीको पद २० गतेसम्म सुरक्षित

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि सरेको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपाको सचिवालय बैठक मंसिर २० गते शनिबार बस्ने गरी टुंगिएको छ ।

    सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरुको तस्विर सार्वजनिक गर्दै थापाले उक्त जानकारी गराएका हुन् । जुन तस्विरमा प्रधानमन्त्री ओली भने देखिदैनन् ।



    अध्यक्षद्वय बीचको विवादलाई टुंगो लगाउन बसेको हिजो र आजको बैठकले कुनै पनि निर्णय लिन नसकेपछि २० गतेका लागि अर्को बैठक तय भएको हो ।



    ओलीमाथि प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद छाड्नु पर्ने दबाब रहेको छ । २० गते सम्भवतः ओलीले एक पद छाड्ने नेकपाका नेताहरुको आँकल छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार