Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

नेकपाको बैठक सर्यो, ओलीको पद २० गतेसम्म सुरक्षित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि सरेको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार नेकपाको सचिवालय बैठक मंसिर २० गते शनिबार बस्ने गरी टुंगिएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरुको तस्विर सार्वजनिक गर्दै थापाले उक्त जानकारी गराएका हुन् । जुन तस्विरमा प्रधानमन्त्री ओली भने देखिदैनन् ।

अध्यक्षद्वय बीचको विवादलाई टुंगो लगाउन बसेको हिजो र आजको बैठकले कुनै पनि निर्णय लिन नसकेपछि २० गतेका लागि अर्को बैठक तय भएको हो ।

ओलीमाथि प्रधानमन्त्री वा अध्यक्ष मध्ये एक पद छाड्नु पर्ने दबाब रहेको छ । २० गते सम्भवतः ओलीले एक पद छाड्ने नेकपाका नेताहरुको आँकल छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077