Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • कैलालीमा प्रहरी हत्या प्रकरणका ८ आरोपी कारागार चलान

    कैलालीमा प्रहरी हत्या प्रकरणका ८ आरोपी कारागार चलान

    अनलाइन नेपाल
  • बुधबार, १७ मंसिर २०७७
  • 2.2K
    SHARES

    कैलाली। कैलालीमा प्रहरी हत्या प्रकरणका ८ आरोपी कारागार चलान भएका छन्। धनगढीमा प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या अभियोगमा पक्राउ परेका ती ८ जना कारागार चलान भएका हुन्।

    जिल्ला अदालत कैलालीमा मङ्गलबार भएको थुनछेक बहसपछि हत्या अभियोगमा पक्राउ परेका उनीहरूलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    प्रहरी हत्यामा संलग्न धनगढी-१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), सोही स्थानका २० वर्षीय राजेन्द्र राना, ३० वर्षीयय चोर भनिने सुरेश रानालाई प्रहरीले पक्राउ गरेको थियो ।



    घटनामा संलग्न २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय रामनिवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय गोपाल भन्ने रामगोपाल रानालाई पनि पक्राउ गरेको थियो ।

    पक्राउ परेको सबैलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

    गत कात्तिक १ गते नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्टका जुगेडामा इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउद बेपत्ता भएका थिए।

    कात्तिक २ गते विकको र दुई दिनपछि साउदको हत्या गरेकै अवस्थामा नेपाल-भारत सीमा भएर बग्ने मोहन नदीमा शव फेला परेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार