Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ५३० कोरोना संक्रमित

    २४ घण्टामा काठमाडौं उपत्यकामा थपिए ५३० कोरोना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, १६ मंसिर २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५ सय ३० जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा २ सय ४० महिला र २ सय ९० जना पुरुष रहेका छन् ।



    काठमाडौंमा ४ सय ९, भक्तपुरमा ३६ र ललितपुरमा ८५ जना नयाँ संक्रमित थपिएका हुन् ।



    यस्तै नेपालमा आज थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा २ हजार ७३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख १६ हजार ५९४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार