Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • १३०४ जनामा काेराेना संक्रमण हुँदा २०७३ जना डिस्चार्ज

    १३०४ जनामा काेराेना संक्रमण हुँदा २०७३ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • मंगलबार, १६ मंसिर २०७७
  • 2.5K
    SHARES

    काठमाडाैं । नेपालमा आज थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३४ हजार ७५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    यस्तै बितेको २४ घण्टामा २ हजार ७३ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।



    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख १६ हजार ५९४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।

    यस्तै आज काेराेना भाइरसकाे संक्रमणबाट थप २१ जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय २९ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

    यस्तै हिजाे १ हजार ४७४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे थियाे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार