काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले बाल यौन दूराचारकाे आरोपमा फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका-१७ बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट ६० वर्षका क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई साेमबार पक्राउ गरेको सिआईबीले जनाएकाे छ।
प्रहरीका अनुसार उनले ७ वर्ष, ८ वर्ष र १२ वर्षका ३ नाबालकलाई बाल यौन दूराचार गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
उनीविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए ।
Leave a Reply