Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बालयौन दूराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

    बालयौन दूराचारको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, १६ मंसिर २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले बाल यौन दूराचारकाे आरोपमा फ्रान्सेली नागरिकलाई पक्राउ गरेको छ ।

    पोखरा महानगरपालिका-१७ बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट ६० वर्षका क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई  साेमबार पक्राउ गरेको सिआईबीले जनाएकाे छ।



    प्रहरीका अनुसार उनले ७ वर्ष, ८ वर्ष र १२ वर्षका ३ नाबालकलाई बाल यौन दूराचार गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।



    उनीविरुद्ध बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार