Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • थप ३ जना कोरोना संक्रमितको मृत्यु

    थप ३ जना कोरोना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, १६ मंसिर २०७७
  • 2.1K
    SHARES

    काठमाडौं । थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    झापाको दमक नगरपालिका-३ निवासी ८२ वर्षीय महिलाको मंगलबार बिहान ७:५० बजे बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।



    मिर्गौलासम्बन्धी समस्या भएकी उनलाई मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी सोही दिन अस्पताल भर्ना भएको प्रतिष्ठानले जानकारी दिएको छ ।



    कपिलवस्तुको शिवराज नगरपालिका-५ की ५० वर्षीया महिलाको सोमबार राति १० बजे उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा मृत्यु भएको छ । उनी सोमबार नै अस्पताल भर्ना भएकी थिइन् ।

    यस्तै, गोरखाको गोरखा नगरपालिका-६ की ७५ वर्षीया महिलाको मंसिर १२ गते शुक्रबार राति मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले पुष्टि गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार