Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • सोमबार, १५ मंसिर २०७७
  • 1.8K
    SHARES

    काठमाडाैं । काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा काेराेना पुष्टि हुनेमा ३ सय ६१ महिला र ४ सय ४८ जना पुरुष रहेका छन् ।



    यस्तै काठमाडौंमा ६ सय १५, भक्तपुरमा ६९ र ललितपुरमा १ सय २५ जना नयाँ संक्रमित थपिएका मन्त्रालयले जनाएकाे छ।



    यस्तै नेपालमा आज थप १ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा १ हजार ९३१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार