Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काेराेनाबाट एकैदिन २९ जनाकाे मृत्यु, मृतककाे संख्या १५ सय नाघ्याे

    काेराेनाबाट एकैदिन २९ जनाकाे मृत्यु, मृतककाे संख्या १५ सय नाघ्याे

    अनलाइन नेपाल
  • सोमबार, १५ मंसिर २०७७
  • 1.8K
    SHARES

    फाइल तस्बिर

    काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट एकैदिन २९ जनाकाे मृत्यु भएकाे छ।

    याेसँगै नेपालमा काेराेना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ हजार ५ सय ८ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।



    यस्तै नेपालमा आज थप १ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४५२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा १ हजार ९३१ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार