Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • पोर्चुगल पठाईदिन्छु भन्दै लाखाैं रूपैयाँ ठगी गर्ने चौधरी पक्राउ

    पोर्चुगल पठाईदिन्छु भन्दै लाखाैं रूपैयाँ ठगी गर्ने चौधरी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, १५ मंसिर २०७७
  • 4K
    SHARES

    काठमाडाैं । महानगरीय अपराध महाशाखाले पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा रुपन्देही ओमसतिया गाउँपालिका-६ घर भई काठमाडाैं सोह्रखुट्टे बस्ने ३३ वर्षका शिव नारायण चौधरी रहेका प्रहरीले जनाएकाे छ ।



    उनले रुपन्देहीका २ जनालाई वैदेशिक रोजगारको लागि पोर्चुगल पठाईदिन्छु भनि विश्वास दिलाई राहदानी समेत लिई १६ लाख २५ हजार २५० रूपैयाँसमेत लिएका थिए ।



    पक्राउ परेका चाैधरीले आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाई अफर लेटर, भिषा लगायतका कागजातहरु नक्कली बनाई ठगी गरेकाे पीडितहरुको उजुरीको आधारमा चौधरीलाई हिजाे नियन्त्रणमा लिइएकाे महाशाखाले जनाएकाे छ ।

    उनलाई काठमाडाैंकाे सुन्धाराबाट पक्राउ गरीएकाे हाे । थप अनुसन्धान भइरहेकाे महाशाखाले जनाएकाे छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार