काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा किशोर प्रधान समूहका दिनेश श्रेष्ठ बिजयी भएका छन्। श्रेष्ठले ५८ मत पाए भने उनका प्रतिस्पर्धी गुणनिधि तिवारीले ४७ मत प्राप्त गरे ।
तिवारी चन्द्रप्रसाद ढकाल समूहबाट चुनाब लडेका थिए। वस्तुगत समूहतर्फको उपाध्यक्षमा पनि किशोर समुहका अञ्जन कुमार श्रेष्ठ विजयी भएका छन् ।
श्रेष्ठले ६२ मत ल्याएर उपाध्यक्षमा विजय हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी चन्द्र ढकाल समूहबाट उम्मेदवार बनेका उमेशलाल श्रेष्ठले ३७ मत मत प्राप्त गरे। यो सँगै ढकाललाई ठुलो धक्का लागेको छ।
ढकाल पक्षले दुई वटा उपाध्यक्ष पद गुमाएको छ ।
Leave a Reply