Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • भैँसेपाटीमै पुगेर वामदेवलाई उपप्रधानमन्त्रीको लोभ देखाए पोखरेलले

    भैँसेपाटीमै पुगेर वामदेवलाई उपप्रधानमन्त्रीको लोभ देखाए पोखरेलले

    अनलाइन नेपाल
  • शनिबार, १३ मंसिर २०७७
  • 2.2K
    SHARES

    काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेपछि उपप्रधानमन्त्री   ईश्वर पोखरेलले प्रभावशाली नेता वामदेव गौतमको भैँसेपाटीस्थित निवास पुगेर छलफल गरेका छन्।

    स्रोतका अनुसार शुक्रबार राती गौतमको भैँसेपाटीस्थित निवास पुगेका पोखरेलले प्रधानमन्त्री ओलीलाई साथ दिन आग्रह गरेका थिए।



    गौतमले ओलीलाई दुवै पदबाट हटाउन चाहेको जवाफ पोखरेललाई दिएको स्रोतले वतायो।



    पोखरेलले गौतमलाई प्रधानमन्त्री ओलीलाई साथ दिन आग्रह गरेका थिए।

    तर गौतमले पोखरेलको आग्रह अस्वीकार गरी आफूहरुले ओलीलाई दुवै पदबाट हटाउन चाहेको र त्यो मात्रै पार्टी एकताको अन्तिम विकल्प भएको वताएका थिए ।

    नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को समर्थनमा गौतम उत्रिएपछि ओली हाल सचिवालयमा अल्मतमा परेका छन्। ९ सदस्यीय सचिवालयमा ओलीविरुद्ध पाँच नेता उभिएका छन्। ओलीले प्रचण्डलाई जवाफ दिन तयार पारेको प्रस्ताव पेश गर्दैछन्।

    प्रधानमन्त्री ओली सचिवालयमा अल्पमतमा रहेका कारण उपाध्यक्ष गौतमलाई फकाउन आफूनिकटका नेताहरु परिचालन गरिरहेका छन्।

    प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच आरोप -प्रत्यारोपले पार्टी विभाजनको संघारमा पुगेको छ। स्रोतका अनुसार गौतमलाई उपप्रधानमन्त्रीको लोभ देखाएर पोखरेल फर्किएका थिए ।

    अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको समर्थनमा रहेका गौतमलाई आफ्नो पोल्टामा ल्याउन ओलीले पुन अर्को कार्ड फ्याकेनको बुझिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार