पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु

अनलाइन नेपाल
  • शुक्रबार, मंसिर १२ २०७७

  • 2.8K
    SHARES

  • पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु फाइल तस्बिर

    काठमाडौं । कास्कीको पोखरामा थप दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।

    पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना महिला र चरक मेमोरियल अस्पतालमा एकजना पुरूषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए।

    उनका अनुसार प्रतिष्ठानमा पोखरा महानगरपालिका–३२ का ६६ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो ।

    यसैगरी पोखरास्थित चरक मेमोरियल अस्पतालमा पोखरा महानगरपालिका–२ का ५९ वर्षीय पुरूषको मंसिर १० गते मृत्यु भएको डा. शर्माले बताए ।

    सम्बन्धित विषय

    अनलाइन नेपालमा प्रकाशित समाचारको बारेमा कुनै प्रतिक्रिया, सुझाव तथा सूचना दिनुपरेमा [email protected] मा पठाउनुहोला । निरन्तर समाचारको लागी हामीसँग फेशबुक तथा ट्वीटरमा जोडिन सक्नुहुनेछ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार