Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल प्रहरीको प्रवक्तामा एसएसपी कुँवर नियुक्त

काठमाडौँ । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त बहादुर कुँवरलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको छ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका एसएसपी कुँवरलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।

यसअघिका प्रवक्ता कुवेर कडायतको प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, नवलपरासीमा सरुवा भएपछि प्रवक्ताको जिम्मेवारी कुँवरलाई दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवरलाई मोबाइल नम्बर ९८५१२–९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने प्रहरी मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077