काठमाडाैँ । प्रतिबन्धित वन्यजन्तु सालकको खपटासहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रे महाभारत गा.पा. वडा न २ बाल्टिङ घर भएका हाल स्वयम्भु बस्ने २५ वर्षीष बिनाेद तामाङ र काभ्रे सल्ले भुल्बु गा.पा. वडा न ३ घर भएका चाबहिल बस्ने लाल सिंह तामाङ रहेका छन्।
काठमाडौं चाबहिल एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित सालकको खपटा अबैध रुपमा बिक्रि वितरण गर्नको लागी लुकाई छिपाई ल्याएको छ भन्ने बिशेष सुचनाको आधारमा अपराध महाशाखाद्वारा खटिएकाे प्रहरी टाेली उनीहरूलाई पक्राउ गरेकाे हाे।
उनीहरूबाट प्रहरीले सालककाे खपटा १ किलाे २५ ग्राम र विभिन्न कम्पनीका माेबाइल २ थान बरामद गरेकाे हाे। उनीहरूलाई आवश्यक कारबाहिको लागि जिल्ला वन कार्यालय काठमाडाैँ पठाइएको छ।
Leave a Reply