Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • सालकको ५ केजी खपटासहित ३ जना पक्राउ

    सालकको ५ केजी खपटासहित ३ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, २८ असोज २०७७
  • 3.9K
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सालकको खपटासहित ३ जनालाई पक्राउ गरेको छ ।

    सालकको ५ केजी ३ सय ग्राम खपटासहित उनीहरुलाई भक्तपुर-९ च्याम्हासिंहबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।



    पक्राउ पर्नेहरुमा रामेछाप दोरम्बा गाउँपालिका-५ का ४५ वर्षीय लाल तमाङ, रामेछापको सुनापति गाउँपालका-४ घर भइ हाल भक्तपुर नगरपालिका-९ बस्‍ने ३० वर्षीय ज्ञानबहादुर तामाङ र सिन्धुली कमलामाई नगरपालिका-९ घर भइ हाल काठमाडौंको गौसाला बस्‍ने २३ वर्षीय कपिल बस्नेत रहेका छन् ।



    अवैध रुपमा सालकको खपटा ओसार पसार तथा बेचबिखन गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको सिआईबीले जनाएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार