Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

पार्टीभित्रको आन्तरिक द्वन्द्व अन्त्य गरिनुपर्छ : नेता महर

तनहुँ । स्कूल अफ डेमोक्रेसी नेपालका केन्द्रीय अध्यक्ष तथा नेविसङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले कांग्रेस पार्टीलाई बलियो बनाउन पार्टीभित्र भएको आन्तरिक द्वन्द्वको अन्त्य गरिनुपर्ने बताएका छन् ।

अध्यक्ष महरले आइतबार सदरमुकाम दमौलीमा स्कूल अफ ड्रेमोक्रेसी तनहुँका पदाधिकारी र जनप्रतिनिधिसँगको अनौपचारिक भेटघाटका क्रममा केन्द्रको आन्तरिक विवाद तल्लो तहसम्म पुग्न लागेको अवस्थामा त्यसको अन्त्य गरी गुटउपगुटको राजनीतिलाई निरुत्साहित गर्न आवश्यक रहेको औँल्याए ।

“नेता बदमास नभएको महसुस जनता गर्ने गरी कांग्रेसले राम्रो काम गरे पार्टीलाई बलियो बनाउन सकिनेछ”, उनले भने, “सबैले आफ्नो गल्तीलाई सच्याएर पार्टीलाई बलियो बनाउनतर्फ लाग्नुपर्छ ।”

गण्डकी प्रदेशसभा सदस्य डोबाटे विकले धेरै कुराको एजेण्डा पाउँदा पनि कांग्रेसले सशक्तरूपमा आवाज उठाउन नसक्नु मुख्य कमजोरी पक्ष रहेको बताए । प्रतिपक्षले जुन भूमिका खेल्नुपर्ने हो त्यो हुन सकेको छैन भन्दै उनले आवश्यक परे सडकमा उत्रिन पनि पछि हट्न नहुने बताए।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले तथा ट्रेड युनियन कांग्रेसका सभापति सूर्यचन्द हड्खलेले कांग्रेस नेता बनाउने कि पार्टी जोगाउने भन्ने कुरामा गम्भीर भएर नाफा र घाटाको हिसाब नगरी सबै जना एकजुट भएर कांग्रेसलाई बलियो बनाउन लाग्नुपर्ने बताए । आगामी चुनावमा कांग्रेसको सरकार आउने गरी पार्टीका सबै नेता मिलेर काम गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । स्कूल अफ ड्रेमोक्रेसीका अध्यक्ष डम्बर अधिकारीले संसद् आह्वानका लागि कांग्रेसले दबाब दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077