Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णयले द्वन्द निम्त्याउन सक्छ : कमल थापा

    रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णयले द्वन्द निम्त्याउन सक्छ : कमल थापा

    अनलाइन नेपाल
  • आइतबार, ७ मंसिर २०७७
  • 3.1K
    SHARES

    फाइल तस्विर

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरपालिकाकाे निर्णय गलत भएकाे बताएका छन् ।

    उनले आइतबार सामाजिक सञ्जाल मार्फत काठमाडौं महानगरपालिकाकाे निर्णय गलत भएकाे भन्दै निर्णय सच्याउन पनि आग्रह गरेका छन् ।



    उनले लेखेका छन् ‘ रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं मनपाको निर्णय गलत छ। श्री ५ महेन्द्रको जीवनसंगिनी राजा बिरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल बृद्ध जीवन विताई रहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ। निर्णय सच्याईयोस्। जवरजस्ती गर्न खोजिए अवरोध गर्न वाध्य हुनेछौं।



    नेपाल सम्वतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस्। भव्य पार्क बनाईयोस्। हाम्रो पुरा सहयोग रहने छ, तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकिर्ण र बिकास विरोधी छ। निर्णय पुनर्विचार गरियोस्। द्वन्द निम्त्याउने काम नहोस्। Enough is Enough’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार