Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए ९ सय ५७ काेराेना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए ९ सय ५७ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • आइतबार, ७ मंसिर २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९ सय ५७ जना कोरोना संक्रमित थपिएका छन्।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जनालाई कोरोना संक्रमण देखिएको छ।



    नेपालमा आज थप १ हजार ६६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।



    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा ५ हजार ६९९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ९९ हजार २४ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ९६३ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार