Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना पुष्टि, २ हजार ३२३ जना डिस्चार्ज

    २४ घण्टामा थप १ हजार ६७४ जनामा कोरोना पुष्टि, २ हजार ३२३ जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शनिबार, ६ मंसिर २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा शनिबार थप १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ संक्रमितको संख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    उनीहरुमध्ये १ लाख ९३ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् भने १३०५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    नेपालमा हालसम्म पीसीआर विधिबाट १६ लाख ५२ हजार ४३ परीक्षणहरु गरिएका छन् भने २४ घण्टामा जम्मा ८ हजार १४४ पीसीआर परीक्षण भएका छन् ।

    यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३२३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । नेपालमा योसँगै निको हुनेको १ लाख ९३ हजार ३२५ संख्या पुगेको छ ।

    त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ ।

    कहाँ कति थपिए ?

    मन्त्रालयकाअनुसार काठमाडौं उपत्यकामा ८९९ संक्रमित थपिएका छन्, उनीहरुमध्ये काठमाडौंका ६८५ जना, ललितपुरका १६५ र भक्तपुरका ४९ जना छन् ।

    कास्कीका ७५ जना, चितवनका ६१, झापा र रुपन्देहीका ५७/५७ जना, काभ्रेका ५६, तनहुँका ४४, कैलालीका ४०, बाँकेका ३९, कपिलवस्तु र नवलपरासीका ३३/३३ जना, नवलपुरका २८, मकवानपुरका २५, पाल्पाका १९, धादिङका १८, बर्दियाका १७, धनुषाका ११, दाङका १०, गोरखाका ९ र नुवाकोटका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै धनकुटा, सिराहा, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा र रोल्पाका ७र७ जना, पर्वत, डडेलधुरा र बझाङका ६/६ जना, सुनसरी, बारा र लमजुङका ५/५ जना, इलाम, सर्लाही, रामेछाप, अर्घाखाँची, गुल्मी, दैलेख र सल्यानका ४/४ जना,महोत्तरी, दोलखा, म्याग्दी, प्युठान, अछाम र कञ्चनपुरका ३र३ जना, उदयपुर, सप्तरी र सिन्धुलीका २र२ जना तथा खोटाङ, भोजपुर, सोलुखुम्बु, रुकुम पूर्व, रुकुम पश्चिम, सुर्खेत, बाजुरा र बैतडीका १र१ जनामा पनि संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार