Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीजस्ता जनयुद्धविरोधीका कारण देश संकटमा पुगेको बाबुरामको आरोप

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशको नेतृत्व केपी शर्मा ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु विडम्वनापूर्ण भएको भन्दै ओलीको आलोचना गरेका छन् ।

तत्कालित माओवादी र नेपाल सरकारबीच बृहद शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको उपल्यक्ष्मा सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै तत्कालिन माओवादीका एक एक योद्धा डा. भट्टराईले प्रधानमन्त्री ओलीमाथि आक्रोश पोखेका हुन् ।

उनले आफ्नो फेसबुकमा लेखेका छन्–‘सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न क्रान्तिकारी जनयुद्धको नेतृत्व गर्दै आइरहेको माओवादी र नेपाल सरकार वीच वृहद शान्ति-समझौता भएको (२०६३ मंसीर ५ गते) आज १४ बर्ष पूरा !

सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक !

नेपाली इतिहासलाई ९ रेक्टर स्केलको भूइॅचालोले झैं हल्लाइदिने त्यत्रो विशाल क्रान्तिपछि देशको नेतृत्व ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु र शान्ति–सम्झौतामा भएका आर्थिक(सामाजिक रूपान्तरणका काम सम्पन्न हुन नसक्नु विडम्वनापूर्ण !

अब फेरि २०५२ साल यताका जनयुद्ध, जनआन्दोलन, मधेस जनविद्रोह/आन्दोलन, जनजाति आन्दोलन, थरूहट/थारूवान आन्दोलन लगायतका क्रान्तिकारी शक्तिहरूको वृहद ध्रुवीकरण गरेर देशलाई अग्रगमन र समृद्धिको दिशामा लैजाने आँट गर्ने हो कि ?’

१० वर्षदेखिको सशस्त्र द्वन्द्व अन्त्य गर्दै तत्कालीन माओवादी र सरकारबीच २ ०६३ मंसीर ५ गते बृहद शान्ति सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077