Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

मंसिरभित्रै क्रियाशील सदस्यको विवरण केन्द्र पठाउन कांग्रेसको निर्देशन

काठमाडौं । १४औं महाधिवेशन नजिकिएको भन्दै नेपाली कांग्रेसले क्रियाशील सदस्य (नयाँ र नवीकरण) को विवरण मंसिर मसान्तभित्र केन्द्रीय कार्यालय सानेपामा पठाइसक्न निर्देशन दिएको छ।

७७ वटै जिल्ला कार्यसमितिलाई पत्राचार गर्दै केन्द्रले क्रियाशील सदस्यहरूको सूची सार्वजनिक गरी त्यसको विवरण केन्द्रमा पठाउन निर्देशन दिएको हो ।

केन्द्रले कोरोनाभाइरस महामारीका कारण प्रभावित बनेको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम कामलाई तीव्रता दिन पनि तल्ला तहमा रहेका पार्टी संरचनालाई निर्देशन दिएको छ।

कांग्रेसमा अहिले पाँच लाख हाराहारीमा क्रियाशील सदस्य छन्।
गत कात्तिक २८ मा बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यताको काम मंसिरभित्र सक्ने निर्णय गरेको थियो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विवरण पठाउँदा क्रियाशीलको शुल्कसमेत पठाउनुपर्नेछ।

कांग्रेस महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ।

यद्यपी अहिलसम्म तोकिएकै समयमा महाधिवेश हुने भने निश्चित छैन । तर, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेता तोकिएकै समयमा महाधिवेशन गर्न सकिन्छ भन्नेमा छन्।

समय अभाव हुने देखिएमा महाधिवेशन जेठ वा भदौमा गर्न सकिनेमा पनि बहस भइरहेको छ।

यदी फागुनमा महाधिवेशन भएन भने कांग्रेसले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यकाल बढाउन संविधानको साहरा लिनुपर्नेछ।

विधानअनुसार यस अघि नै देउवाले एक वर्ष कार्यकाल थपिसकेका छन् । उक्त कार्यकाल पनि फागुन १९ मा सकिँदैछ। त्यसैले उनले कि त पदबाट राजिनामा दिनुपर्छ कि त कार्यकाल बढाउन संविधानकै साहरा लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077