Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काठमाडौंमा ९६५ सहित उपत्यकामा थपिए १२ सय २९ काेराेना संक्रमित

    काठमाडौंमा ९६५ सहित उपत्यकामा थपिए १२ सय २९ काेराेना संक्रमित

    अनलाइन नेपाल
  • बिहिबार, ४ मंसिर २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १ हजार २ सय २९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ ।

    बितेको २४ घण्टामा ५१३ जना महिला र ७१६ जना पुरुष गरी १२ सय २९ जनामा काेराेना संक्रमण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।



    मन्त्रालयका अनुसार बिहीबार काेराेना संक्रमण हुनेमा काठमाडौंमा ९६५, भक्तपुरमा ७५ र ललितपुरमा १८९ जना रहेका छन् ।



    यस्तै नेपालमा आज थप २ हजार १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख १५ हजार २० पुगेको मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा २ हजार ८५८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ८५ हजार ६३८ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार