Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चुनावलाई लक्षित गरी ओलीले थपे प्रहरीमा एआईजीको दरबन्दी

काठमाडौं । सरकारले नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको छ।

नयाँ दरबन्दी थप भएसँगै अब नेपाल प्रहरीमा प्राविधिक बाहेक ४ एआईजी रहने छन् भने डीआईजीको संख्या जनपदतर्फ नै १९ पुगेको छ।

मन्त्रिपरिषद बैठकले दरबन्दी थपको निर्णय गरेरे गृह मन्त्रालयलाई पत्र पठाएपछि गृहले प्रहरी प्रधान कार्यालयलाई जानकारी दिएको स्रोतले बतायो ।

यद्यपी गृह मन्त्रालयले भने औपचारिक रुपमा जानकारी गराएको छैन ।

सरकारले एकपछि अर्को गलत काम गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थमा एक एआईजीको दरबन्दी थपिएको हो । स्रोतका अनुसार महानगरीय प्रहरी कार्यालयमा पनि एआईजी राख्ने निर्णय भएको छ।

डीआईजी विश्वराज पोखरेललाई एआईजी बनाउनकै लागि दरबन्दी थप गरिएको पनि स्रोतको दावी छ ।

उपप्रधानमन्त्री इश्वर पोखरेलले लविङ गरेपछि एआईजीको दरबन्दी थप गरिएको स्रोतको भनाई छ ।

नेकपाभित्र किचलो भइरहेका बेला ओलीले अकस्मात एआईजीको दरबन्दी थप गरेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पक्षका नेताहरु आक्रोशित बनेका छन् ।

चुनाव गराउने समयमा पोखरेललाई आईजीपी बनाउन अहिले नै एआईजी बनाएर बाटो खुल्ला राख्न खोजिएको देखिन्छ । पोखरेल प्रहरीमा क्षमता नभएका र कार्यशैलीमा विवादमा आइरहने प्रहरी अधिकारी हुन् ।

पोखरेल भन्दा डिआईजीहरु सहकुल थापा, धिरजप्रताप सिंह, उत्तमराज सुवेदीहरु क्षमतावान मानिन्छन् । पोखरेल एउटै ब्याचका यी सबैलाई उछिनेर डिआईजीमा राजनीतिक दबाबमा एक्लै बढुवा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077