काठमाडाैँ । होबर्ट हुरिकेन्सबाट नेपाली स्पीनर सन्दीप लामिछानेले बिग ब्यास लिग खेल्ने भएका छन्। हुरिकेन्सका अनुसार यो सिजनका लागि सन्दीपले बिग ब्यासमा आबद्ध हुने छन्।
सन्दीप बीबीएलका लागि हुरिकेन्समा जनवरीबाट जोइन हुने बताएका छन्। ‘मैले अस्ट्रेलियामा सँधै समर्थनमा माया पाएको छु। र, बिग ब्यासको उच्चस्तरको प्रतिस्पर्धा सँधै उत्साही हुन्छ। ब्लन्डस्टोन एरेनामा खेल्नको लागि पर्खाइमा छु।’ सन्दीपले भनेका छन्।
त्यस्तै हुरिकेन्सका प्रशिक्षक आडम ग्रिफ्तले सन्दीपको उपस्थितिले टिमको बलिङमा राम्रो हुने बताएका छन्।
‘हामीले देखेका छौं कसरी सन्दीपले उनको स्पीनले कसरी ‘गेम चेन्ज’ गर्छन्। र, उनले पारीको कुनै पनि अवस्थामा बलिङ गर्न सक्छन्। उनी आफूलाई प्रमाणित गरिसकेको ‘विकेट टेकर’ हुन जसले हाम्रो बलिङ ग्रुपमा अर्को आयाम थप्ने छन्।’
यसअघि बीबीएलमा दुई सिजनमा २० खेल खेलेका सन्दीपले कुल २६ विकेट लिएका छन्। यसअघि इण्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न यूएई पुगेका सन्दीपले कुनै खेलमा अवसर भने पाएनन्।
https://twitter.com/HurricanesBBL/status/1329198591932387331?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1329198591932387331%7Ctwgr%5E&ref_url=https%3A%2F%2Fpahilopost.com%2Fcontent%2F20201119070959.html%3Ffbclid%3DIwAR0hymh1_yhNf6TXvdu92XVYtj80vTzV-P9vF4xpOw8SFtzIRY-8Ve2eMSY