काठमाडौं । ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पतालमा कोरोना भाइरस संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
ललितपुर महालक्ष्मीस्थानकी ७० वर्षीया महिलाको किस्ट अस्पताल ग्वार्कोमा उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
श्वास प्रश्वासमा समस्या भएपछि उनी गत कात्तिक २७ गते अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन किस्ट अस्पतालमै स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक महिलामा पुरानो दमको समस्या रहेको अस्पतालले जनाएको छ ।
Leave a Reply