Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • काठमाडौं उपत्यकामा थपिए ३ सय ३९ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए ३ सय ३९ कोरोना संक्रमित

    अनलाइन नेपाल
  • मंगलबार, २ मंसिर २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकामा थप ३३९ जनमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ ।

    पछिल्लो २४ घण्टामा १४६ जना महिला र १९३ जना पुरुष गरी ३३९ जनमा काेराेना संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    मंगलबार थपिएका संक्रमित मध्ये काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ३८ जना रहेका छन् ।



    २४ घण्टामा ३ हजार ११२ पीसीआर परीक्षण भएको छ र संक्रमित पुष्टि हुनेमा ५०२ जना रहेका छन् ।

    यस्तै नेपालमा आज मंगलबार थप ५०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ११ हजार ४७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै बितेको २४ घण्टामा २ हजार ८७८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

    योसँगै हालसम्म निको हुनेको कुल संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । यसैगरी आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार