Online Nepal
  • बुधबार, १० पुष २०८१
  • बंगलादेशमा कोभिडको संक्रमण बढ्दो

    बंगलादेशमा कोभिडको संक्रमण बढ्दो

    अनलाइन नेपाल
  • सोमबार, १ मंसिर २०७७
  • 2K
    SHARES

    एजेन्सी । बंगलादेशमा पनि पछिल्लो समयमा कोभिड १९का संक्रमितहरु बढ्दै गएको बताइएको छ । बंगलादेशमा आइतबार मात्र १ हजार ८३७ जना संक्रमित भेटिएका बताइएको छ । बंगलादेशमा शुरुमा कोभिडका संक्रमित नदेखिएको भए पनि अहिले बढ्दै गएका छन् ।

    यहाँ अहिलेसम्म ४ लाखभन्दा बढी संक्रमित भएका छन् । बंगलादेशमा आइतबारसम्म ४ लाख ३२ हजार ३३३ जना संक्रमित भएका छन् । यहाँका ३ लाख ४३५ जना संक्रमित निको भएका छन् । बंगलादेशको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यहाँ १.३४ प्रतिशत नागरिकको मृत्यु भएको छ ।



    बंगलादेशको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार यहाँका नागरिकमा निको हुने दर ८०.८५ प्रतिशत रहेको पनि बताएको छ । बंगलादेशका अधिकारीहरुले पछिल्लो समयमा यहाँ कोभिड संक्रमितहरुको संख्या बढ्दै गएको बताएका छन् । अधिकारीहरुले यहाँका संक्रमितहरुको निको हुने दरमा पनि बृद्धि हुदै गएको पनि बताएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार