Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

महाधिवेशनको छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्न बस्दै छ । आगामी महाधिवेशनलगायतका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक  बस्न लागेको हो ।

आज दिउसो कांग्रेस पार्टी कार्यालय, सानेपामा बस्ने बैठकमा आगामी महाधिवेशनको तयारी, क्रियाशिल सदस्यता वितरण र विभाग गठनलगायतका विषयमा छलफल हुने जनाएको छ। बैठकमा पार्टीको आन्तरिक विवादका विषयमा पनि छलफल हुनसक्ने जनाएको छ।

सभापति शेरबहादुर देउवाले विभिन्न विभाग गठन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध गर्दै आएको छ। त्यस्तै, क्रियाशिल सदस्यता वितरणको विषयमा पनि विवाद छ। यि सबै विषयमा छलफल हुनसक्ने एक कांग्रेस नेताले बताए।

यसअघि पार्टीभित्रको विवाद समाधानका लागि विभिन्न चरणमा छलफल भएका छन्। विवाद समाधानका विषयमा सबै पक्ष सहमति नजिक पुगेको जनाएको छ।

नेताहरुबीच विभिन्न चरणमा भएको छलफलबाट बनेको सहमतिलाई आजको बैठकमा राखिने जनाएको छ। त्यसलाई केन्द्रीय समितिको बैठकले पारित गर्नसक्ने उनले बताए।

यसअघि बिहीबार पदाधिकारी बैठक बसेको थियो। बैठकमा सभापति देउवा, वरिष्ठ नेता पौडेल र कांग्रेस पदाधिकारी तथा केही केन्द्रीय सदस्य सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077