Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाई भन्छन् - ६० लाखको बाइक चढ्ने प्रकाश चन्द लुटेरा हो, म सँग दुई पटक पैसा मागेको थियो

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द र बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईबीचको अडियो रेकर्ड बाहिर आएपछि प्रसाईले आपत्ति जनाएका छन्।

आफ्नो अनुमतिबिना अडियो रेकर्ड बाहिर ल्याउने अधिकार चन्दलाई संबिधानले नदिएको भन्दै प्रसाईले त्यसका लागि जाहेरी दिन लागेको उल्लेख गरे।

उनले कानुनी उपचार खोज्न कानुन व्यबसायीहरुसँग छलफल गरेको पनि वताए।

एक युट्युब च्यानलसँग अन्तर्वाता दिँदै प्रसाईले चन्दलाई लुटेराको आरोप समेत लगाए। उनले भने, 'अरु नेताका छोराछोरीले जनयुद्दमा लडेर साहदत प्राप्त गरे, तर खान नपुग्ने चन्दले कसरी डाक्टर पढ्न पाए ? १० लाखमा डाक्टर पढेर उनले आफ्नो प्रगति चाइ गरे। ६० लाखको बाइक चढ्ने उनको हैसियत के हो ?।'

प्रकाश चन्दले आफुकँहा पैसा माग्न दुई पटकसम्म मान्छे पठाएको उल्लेख गर्दै प्रसाईले जबर्जस्ती पैसा असुल्दै हिंड्नेलाई लुटेरा नभने के भन्ने भनेर प्रश्न समेत गरे।

चन्दले प्रसाईलाई ‘मेडिकल माफिया’ भन्दै कारबाही गर्ने चेतावनी दिएपछि प्रसाईले माफियाको पुस्टि गर्न र आफुसँग भिड्न चुनौती दिएका छन् ।

प्रसाईले भने,'हामी व्यबसाय गरेर राज्यलाई पचासौ करोड कर तिर्ने,तीन हजार बढी जनतालाई रोजगारी दिने व्यबसायीमाथि माफियाको आरोप लगाउने अधिकार चन्दलाई कसले दियो?'  बिप्लबको (बुवा)को शक्तिका कारण चन्दले कसैलाई नटेरेको वताउँदै प्रसाईले आफुलाई घिसारेर देखाउन चुनौती पनि दिए।

केही दिन अघि चन्द र प्रसाईबीच भएको टेलिफोन सम्वादमा तँ तँ र म म सम्मको भनाभन भएको थियो । चन्दले प्रसाईलाई ‘थु’ भनेर थुक्दै धम्काउँदै भनेका छन्, ‘तपाईलाई कारवाही गर्न विप्लवको धम्की आवश्यक पर्दैन । प्रकाश काफी छ ।’

त्यसको जवाफ दिंदै प्रसाईले  चन्दलाई अपराधी भनेपछि प्रकाशले उल्टै तपाईलाई कारवाही गर्न अब मजा आउँछ भनेका छन् ।

चन्दले मुख छाडेर घिसारेर कारबाही गर्छु भनेपछि टेलीफोन सम्वादमा प्रसाईले भनेका छन्–‘तेरो बाउले मसँग पटक–पटक चन्दा लगेको छ । म त र तेरो बाउसँग भिड्नका लागि लागेको छु ।’

चन्दले  ‘तपाईको औकातलाई ठेगान लगाउन सक्छु । श्रीकृष्ण गिरीसँग कुरा गरेको होइन प्रकाश चन्दसँग कुरा गरेको हो, दुर्गा प्रसाईजी ।’ भनेपछि प्रसाईले प्रकाशलाई फ्याउरो भनेर जे मन लाग्यो त्यो गर्न भन्दै चुनौति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077