Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • कांग्रेस सभापति देउवाद्वारा पूर्व राज्यमन्त्री गौचनको निधनप्रति दुःख व्यक्त

    कांग्रेस सभापति देउवाद्वारा पूर्व राज्यमन्त्री गौचनको निधनप्रति दुःख व्यक्त

    अनलाइन नेपाल
  • बिहिबार, २७ कार्तिक २०७७
  • 2.2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्व राज्यमन्त्री एवम् एवं लुम्बिनी विकास कोषका पूर्व उपाध्यक्ष ओमकारप्रसाद गौचनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

    नेता गौचनको बुधबार काठमाडौंमा उपचारका क्रममा ८५ वर्षको उमेरमा निधन भएको हो । सभापति देउवाले आज एक शोक वक्तव्यमार्फत कांग्रेसका अग्रज व्यक्तित्व गौचनको निधनको खबरले आफूलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको उल्लेख गर्दै स्व गौचनले राजनीतिका साथै विकास र सामाजिक क्षेत्रमा पुर्‍याएको सक्रिय योगदान सदा स्मरणीय रहिरहने बताएका छन् ।



    सभापति देउवाले नेता गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन ।



    स्व गौचन राजनीतिक क्षेत्रका साथै विकासप्रेमी र समाजसेवीका रुपमा समेत परिचित थिए । उनी २०४८ सालमा बाग्लुङ निर्वाचन क्षेत्र नं. ३ बाट सांसद पदमा निर्वाचित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार