Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

फेरि एकदिन सर्‍यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको भोलि (बिहीबार) दिउँसो बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक फेरि सरेको छ।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बैठक तोकिएको भन्दा एक दिनपछि २८ कात्तिकमा बस्ने जानकारी दिएका छन्।

‘२७ गते बिहीबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कार्तिक २८ गते शुक्रबार दिनको १ बजे बस्ने भएको छ,’ पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुनेछन्।

महाधिवेशनका विषयमा आवश्यक छलफल र निर्णय गर्न बस्ने भनिएको केन्द्रीय समिति बैठक पटक पटक विभिन्न कारणले सर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077