Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • भैरहवामा एनसेलको नयाँ सेन्टर, यस्ता छन् अफरहरु

    भैरहवामा एनसेलको नयाँ सेन्टर, यस्ता छन् अफरहरु

    अनलाइन नेपाल
  • मंगलबार, २५ कार्तिक २०७७
  • 2.8K
    SHARES

    काठमाडौं। एनसेलले  ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै भैरहवामा सुविधा सम्पन्न  सेन्टर संचालनमा ल्याएको छ ।

    कोरोना महामारीका बेलामा सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्ड पालना गर्दै यो सेन्टर संचालनमा ल्याईएको हो ।



    एनसेलका अनुसार भैरहवाको मिलनचोक–५ स्थित कोइराला कम्प्लेक्समा रहेको यस एनसेल सेन्टरले ग्राहकलाई एकै स्थानबाट सम्पुर्ण ग्राहक सेवा प्रदान गर्दछ ।



    एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्छन् ।

    यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन् ।

    नयाँ सेन्टर संचालनको अवसरमा विभिन्न सेवाको लागि सेन्टर आएका ग्राहकले कार्तिक ३० गते सम्म विभिन्न भोलुमको डेटा प्याक उपहार स्वरुप प्राप्त गर्नेछन् । भैरहवा सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् ।

    प्राप्त डेटा भोलुम बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म ७ दिनसम्म मान्य रहनेछ । साथै सेन्टरबाट रु २०० को ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले पनि ७ दिनको समयसिमा रहेको १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् ।

    त्यसैगरी रु ५०० र रु १००० को ब्यालेन्स रिचार्ज गर्नेे ग्राहकले ३० दिनका लागि मान्य हुने गरी क्रमशः १ जीबी र २ जीबी डेटा पाउनेछन् । सेन्टरबाट आफ्नो थ्रीजी सिमलाई फोरजीमा अपग्रेड गर्ने ग्राहकले पनि ७ दिनसम्म मान्य हुने १ जीबी डेटा पाउनेछन् ।

    आफ्ना ग्राहकलाई विश्वस्तरीय सेवा अनुभव प्रदान गर्नेे प्रतिबद्घता अनुरुप, यस नयाँ सेन्टरले ग्राहकलाई थप मुल्य प्रदान गर्ने विश्वास एनसेलले लिएको छ । आइतबार देखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ः३० बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ ।

    एनसेलले आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न  देशका विभिन्न भागमा ३१ वटा एनसेल सेन्टरहरु संचालन गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार