Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • हत्या गरी फरार भएका अभियुक्त १६ वर्षपछि पक्राउ

    हत्या गरी फरार भएका अभियुक्त १६ वर्षपछि पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २४ कार्तिक २०७७
  • 7.4K
    SHARES

    काठमाडाैं । महानगरीय अपराध महाशाखा काठमाडाैंले हत्या गरी फरार भएका व्यक्ति १६ वर्षपछि पक्राउ गरेकाे छ ।

    प्रहरीले झापा मेचीनगर नगरपालिका-७ का ३३ वर्षीय हरि गिरी भन्ने रामकुमार गिरीलाई सोमबार भक्तपुरबाट पक्राउ गरेको हो । उनलाई चाँगुनारायण नगरपालिका-७ बाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।



    काठमाडौंको रानीबारीमा डेरा गरी बस्ने १८ वर्षीय जीवन लोहनीको हत्या अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले २०६१ साल माघ ११ गते राति ८ बजे सामाखुसीमा जीवन लोहनीको हत्या गरेका थिए।



    जीवन लोहनीले गिरीका साथी प्रकाश लामाको कानमा लगाएको मुन्द्रा मागेका थिए। तर मुन्द्रा नदिएपछि जीवन लोहनीले प्रकाश लामामाथि कुटपिट गरेका थिए। त्यही निहुँमा गिरीले लोहनीको हत्या गरेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

    उनलाई जिल्ला अदालत काठमाडौंले २०६४ असार ११ गतेको फैसलाले कैद सजाय तोकेको थियो। तर उनी फरार थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार