रुपन्देही । रुपन्देहीमा सोमबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।
कार्तिक २२ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका पुरुषको उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
उनी मिर्गौला र कलेजोका दीर्घरोगी रहेका थिए । योसगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुने संख्या ८४ पुगेको छ ।
Leave a Reply