Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • एनईए इन्जिनियरिङबाट काज फिर्ता गराई हितेन्द्रदेवलाई दिइयो प्राधिकरणको जिम्मेवारी

    एनईए इन्जिनियरिङबाट काज फिर्ता गराई हितेन्द्रदेवलाई दिइयो प्राधिकरणको जिम्मेवारी

    अनलाइन नेपाल
  • सोमबार, २४ कार्तिक २०७७
  • 4.1K
    SHARES

    काठमाडौं । ऊर्जा मन्त्रालयले उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

    मन्त्रालयले अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै शाक्यलाई निमित्त प्रमुख तोकेको हो । शाक्यले सोमबार नै पदबाहाली गरेका छन् ।



    एनईए इन्जिनियरिङ कम्पनीबाट काज फिर्ता गरेर उपकार्यकारी निर्देशक शाक्यलाई नियुक्ति दिइएको हो ।



    ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए ।

    शाक्यलाई यसअघिका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर हुन आइतबार निर्देशन दिएका थिए ।

    शाक्यले हाल नेतृत्व गरिरहेको एनईए इन्जिनियरिङ प्राधिकरणको सहायक कम्पनी हो । परामर्श एवम् इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै २०७३ मा स्थापित कम्पनीको प्रवन्ध निर्देशकका रुपमा काम गर्न कुलमान घिसिङले नै शाक्यलाई पठाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार