Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • कांग्रेस शीर्ष नेताको बैठकमा आज पनि सहमति जुट्न सकेन

    कांग्रेस शीर्ष नेताको बैठकमा आज पनि सहमति जुट्न सकेन

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 2.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको शुक्रबारको पदाधिकारी बैठकमा पनि सहमति जुट्न सकेकाे छैन ।

    सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको १६ बुँदै विरोधपत्रका विषयमा छलफल भएपनि सहमति जुट्न नसकेकाे हाे ।



    बैठमा असन्तुष्ट पक्षले दर्ता गरेको विरोधपत्रमा छलफल भए पनि ठोस निष्कर्ष ननिस्केपछि पुनः शनिबार (भोलि) दिउँसो १ बजे बस्ने गरी स्थगित भएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।



    बैठकमा सहभागी नेताहरुकाअनुसार पौडेल समूहले आफ्ना माग कुनैपनि हालतमा पूरा हुनुपर्ने अडान राखेका थिए ।

    सभापति देउवाले भने गठन भएको विभाग खारेज नगर्ने भन्दै विभागमा सहभागी हुन चाहनेहरुको नाम दिन पौडेल समूहसँग अनुरोध गरेको देउवानिकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार