Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • २९०९ जना कोरोना संक्रमित थपिदा ४५०० जना डिस्चार्ज

    २९०९ जना कोरोना संक्रमित थपिदा ४५०० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • शुक्रबार, २१ कार्तिक २०७७
  • 3.9K
    SHARES

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक स्थितिसूचक प्रतिवेदन सार्वजनिक गर्दै पछिल्लो २४ घण्टामा २ हजार ९ सय ९ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

    योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमितको संख्या ३४ हजार ९ सय ५ पुगेको छ ।



    पछिल्लो २४ घण्टामा थप ४ हजार ५ सय जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५२ हजार ९ सय ८ पुगेको छ ।



    त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ हजार ७० पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार