काठमाडौं । कोरोना भाइरस संक्रमणबाट सिकिस्त बिरामी भएका चर्चित हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था चिन्ताजनक बन्दै गएको छ ।
उनलाई आईसियुमा सारेर उपचार भइरहेको छ ।
गत १० कात्तिकमा उनलाई संक्रमण भएकोमा श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल लगिएको थियो ।
बिहीबार उनलाई आईसियूमा सारिएको हो ।
बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा कलाकार गजुरेलको उपचार भइरहेको छ ।
Leave a Reply