Online Nepal
  • शुक्रबार, १६ चैत्र २०८०
  • मनोज गजुरेललाई कोरोना संक्रमण

    मनोज गजुरेललाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ११ कार्तिक २०७७
  • 3.9K
    SHARES

    काठमाडाैँ । हाँस्यव्यङ्ग्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको गजुरेल आफैंले जानकारी दिएका छन् ।

    सोमबार राति उनले फेसबुकमार्फत आफूलाई संक्रमण पुष्टि भएको जानकारी गराएका हुन्।



    यसअघि गजुरेलका दाजुलाई पनि संक्रमण देखिएको थियो । उनले दाजुलाई अस्पताल लैजाने–ल्याउने गरेका थिए । गत विहीबारदेखि सामान्य टाउको देख्ने र ज्वरो आउने गरेको थियो । शनिबार ढाडको दुखाइ महसुस भएपछि उनले आइतबार पीसीआर टेष्ट गरेका थिए । सोमबार कोरोना संक्रमण पुष्टि भयो ।



    उनले आफूमा गाह्रो हुने खालका लक्षणहरु नदेखिएको र गत विहीबारदेखि नै आइसोलेसनमा रहेको बताएका छन् । ‘मलाई अहिले गाह्रो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु,’ उनले सामाजिक सन्जालमा लेखेका छन् ।

    उनी बिहीबारदेखि नै सेल्फ आइसोलेसनमा बसिसकेको जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार