Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

भाेलि बस्ने भनिएकाे कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गतेलाई सर्‍यो

काठमाडाैं । भोलि (शुक्रवार) बस्ने भनिएकाे नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २४ गते सोमवारसम्मका लागि सरेको छ ।

बिहीवार भएको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा एजेन्डाबारे सहमति नजुटेपछि पार्टी बैठक कात्तिक २४ गतेसम्मका लागि सारिएकाे हाे । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै बैठक सरेकोबारे जानकारी दिएका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कात्तिक २१ गते शुक्रवार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कात्तिक २४ गते सोमवार दिनको १ बजे बस्ने भएको छ ।

सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077