Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • भाेलि बस्ने भनिएकाे कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गतेलाई सर्‍यो

    भाेलि बस्ने भनिएकाे कांग्रेस केन्द्रीय समिति बैठक कात्तिक २४ गतेलाई सर्‍यो

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 2.3K
    SHARES

    File Photo

    काठमाडाैं । भोलि (शुक्रवार) बस्ने भनिएकाे नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २४ गते सोमवारसम्मका लागि सरेको छ ।

    बिहीवार भएको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठकमा एजेन्डाबारे सहमति नजुटेपछि पार्टी बैठक कात्तिक २४ गतेसम्मका लागि सारिएकाे हाे । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै बैठक सरेकोबारे जानकारी दिएका छन् ।



    विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कात्तिक २१ गते शुक्रवार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कात्तिक २४ गते सोमवार दिनको १ बजे बस्ने भएको छ ।



    सो बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार