Online Nepal
  • शुक्रबार, २६ पुष २०८१
  • काेराेनाकाे नि:शुल्क उपचारबारे भएकाे फैसला पुनरावलोकन गर्न आवश्यक छैन : सर्वोच्च अदालत

    काेराेनाकाे नि:शुल्क उपचारबारे भएकाे फैसला पुनरावलोकन गर्न आवश्यक छैन : सर्वोच्च अदालत

    अनलाइन नेपाल
  • बिहिबार, २० कार्तिक २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सर्वोच्च अदालतले यसअघी कोरोना भाइरसको निःशुल्क परीक्षण र उपचार गर्न दिएको आदेश नै कार्यान्वयन हुने भएको छ ।

    सरकारले यो आदेश पुनरावलोकन गर्न दिएको निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेसँग पुरानै आदेश कार्यान्वयन गर्नुपर्ने भएको हो।



    न्यायाधीश हरिकृष्ण कार्की, सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले यसअघिको फैसला पुनरावलोकन नहुने आदेश गरेको हो।



    सर्वोच्चले यसअघि नै कोरोना परीक्षण र उपचार नि:शुल्क गर्न आदेश दिएको भएपनि सरकारले त्यसको अवज्ञा गरेको थियो ।

    आदेश अवज्ञा गरेको मुद्दा सर्वोच्चमा परेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक १७ गते पुनरावलोकन निवेदन दर्ता गरेको थियो।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार